images
images

दोलखामा छुट्टाछुट्टै घटनामा दुई युवकको मृत्यु

दोलखा । दोलखामा भएका छुट्टाछुट्टै घटनामा दुई युवकको मृत्यु भएको छ ।

भीमेश्वर नगरपालिकामा मदिरा सेवन गरेका एक युवकको ज्यान गएको छ भने तामाकोशी नदीमा अर्का युवक मृत फेला परेका छन् । 

भीमेश्वर नगरपालिका-६ चोथाङमा मेलुङ गाउँपालिका-४ तितेचौरका ३३ वर्षीय जीतवहादुर कार्की मदिरा सेवन गरी वेहोश अवस्थामा फेला परेकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ ।

ओखलढुंगाका युवक मृत फेला 

यस्तै, ओखलढुंगाको सिद्विचरण गाउँपालिका-६ का ३२ वर्षीय नुरी शेर्पा लामा तामाकोशी नदीमा मृत फेला परेका छन् ।

दोलखाको बिगु गाउँपालिका-१ लप्चिस्थित गुम्बाको काठको काम गर्न एक महिनाअघि आएका नुरी सोमबार तामाकोशी नदीमा मृत फेला परेका हुन् ।

उनी घरमा फोन गर्न भन्दै शनिवार लप्चिवाट इलकु भन्ने स्थानमा गएको र फर्किएर नआएपछि स्थानीयले मृत फेला पारेको दोलखा प्रहरीले जनाएको छ ।