images
images

भैरहवा नजिकै रात्रिकालिन बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

  • २२ जेष्ठ २०७९, आईतवार ०७:००

काठमाडौँ । भैरहवामा यात्रुवाहक बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

परासी हुलाकी लोकमार्गस्थित रोहिणी खोलामा बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको हो । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको वस दुर्घटनामा परी उनीहरुको मृत्यु भएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न बाँकी छ । बस रोहिणी खोलाको पुल भत्काएर खोलामा खसेको छ ।