images
images

चोरी मुद्धामा फरार रहेका एक युवक ७ वर्षपछि पक्राउ

  • २२ जेष्ठ २०८०, सोमबार ०८:०७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक युवक फरार रहेको ७ वर्षपछि पक्राउ परेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ का ३६ वर्षीय नारायण विक चोरी मुद्धामा फरार रहेको ७ वर्षपछि पक्राउ परेका हुन् । २०७३ साल कात्तिक १ गतेको फैसलाले साधारण चोरी मुद्धामा १ महिना कैद र २२ हजार ९ सय सजाय भई उनी फरार भएका थिए । फरार रहेको ७ वर्षपछि हिजो चौतारा बजारबाट उनलाई प्रहरीले पक्राउ गरेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । उनलाई लागेको कैद सजाय असुल उपरका लागि आजै कारागार कार्यालय चौतारा चलान गरिएको प्रहरीले जनाएको हो ।