images
images

नकाव लगाएर कार्यालय र व्यक्तिको घरमा चोरी, चोरको पहिचान गर्न दोलखा प्रहरी असफल

दोलखा । दोलखामा नकाव लगाएर कार्यालय र व्यक्तिको घरमा चोरी गर्ने गिरोहलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

जिल्लाका तीन वटा वडा कार्यालय, व्यक्तिका एक दर्जन बढी घर, सहकारी तथा विद्यालयमा तोडफोड र चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गर्न नसकेको हो । गौरीशंकर गाउँपालिका १ जुँगुको वडा कार्यालय, वैतेश्वर गाउँपालिका ८ क्षेत्रपाको वडा कार्यालय तथा तामाकोशी गाउँपालिका ४ मालुको वडा कार्यालय र व्यक्तिको घरमा चोरी र तोडफोड गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

मालुको वडा कार्यालयमा यही जेठ १८ गते राति ११ बजेदेखि १ बजेसम्म तोडफोड र चोरीको घटना भएको सिसिक्यामेरा फुटेजमा देखिएको छ । एक पुरुषले अनुहार पुरै ढाकिने नकाव, पिपिई सेट जस्तो देखिने सेतो कपडा लगाएको तथा मुखले टर्च लाइट च्यापेर वडा कार्यालयको दराज र घर्रामा पैसा र बहुमुल्य सामान खोजी गरेको देखिएको हो ।मध्यरातमा सबैजना मस्त निन्द्रामा परेका बेला ति पुरुषले सानो टर्च मुखमा च्यापेर, पछाडि झोला बोकि वडा कार्यालयको मुख्य गेटको ताल्चा फुटाएर खोजी गरेको सिसिक्यामेरा फुटेजमा देखिएको छ । मालुको वडा कार्यालयमा एक जना पुरुषले मात्रै चोरी र तोडफोड गरेको देखिएको हो । तोडफोडमा संलग्न पुरुषले वडा कार्यालयबाट कुनैपनि जिन्सि सामान लगेका छैनन् । यसलाई हेर्दा जिल्लाका विभिन्न स्थानमा चोरी र तोडफोडमा संलग्न गिरोहले जिन्सि सामान चोरी नगर्ने, पैसा र बहुमुल्य सामान मात्रै खोजी गर्ने गरेको देखिएको छ ।

जिल्लाका तीन वटा वडा कार्यालय, व्यक्तिका एक दर्जन बढी घर, सहकारी तथा विद्यालयमा तोडफोड र चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गर्न नसकेको हो । दोलखामा यस्ता प्रकृतिका चोरी र तोडफोडका घटना हुनु नौलो कुरा भने होइन । यसअघि एक वर्षअघि २०७९ साल जेठ २४ गते वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर अस्पतालमा पनि नकाव लगाएका एक व्यक्तिले यसरी नै चोरी गरेका थिए ।

दोलखामा यस्ता प्रकृतिका चोरी र तोडफोडका घटना हुनु नौलो कुरा भने होइन । यसअघि एक वर्षअघि २०७९ साल जेठ २४ गते वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर अस्पतालमा पनि नकाव लगाएका एक व्यक्तिले यसरी नै चोरी गरेका थिए । मध्यरातमा मुखमा नकाव लगाएका व्यक्तिले अस्पतालभित्र पसेर अस्पतालको काउन्टर हुँदै विरामीको ब्यागसम्म चोरी गर्न भ्याएका थिए । ति व्यक्तिले कसैले पहिचान गर्न नसकुन भनी मुखमा नकाव लगाएर छिरेको सिसिक्यामेरा फुटेजमा प्रष्ट देखिएको थियो । राति करिव साँढे १ बजे अस्पतालका सुरक्षा गार्ड सुतेको मौकामा ढोकाबाट प्रवेश गरेर काउन्टरमा पुगेका उनी काउन्टरमा भएको रकम र विरामीको ब्याग समेत बोकेर अस्पतालबाट बाहिरिएको भिडियो नै सार्वजनिक भएको थियो ।

चोरी र तोडफोडका घटना दिनप्रतिदिन बढ्दै जाँदा स्थानीयमा त्रास पैदा भए पनि दोलखा प्रहरी यो विषयमा बेखबर छ । स्थानीयको सहयोग पाएर पनि चोरीमा संलग्न गिरोह पत्ता लाग्न नसकेको र विशेष टोली खटाएर अनुसन्धानको काम भइरहेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिएसपी दीपक खड्काले बताउनुभयो ।

तर, दोलखा प्रहरीले ति व्यक्तिको पहिचान गरी पक्राउ गर्न सकेन । त्यसको ठ्याक्कै एक वर्षपछि मालुमा पुनः सोही प्रकृतिको चोरीको घटना भएको छ । यसरी सिसिटिभी फुटेजमा व्यक्तिले चोरी गरीरहेको भिडियो सार्वजनिक हुँदा पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । चोरी र तोडफोडका घटना दिनप्रतिदिन बढ्दै जाँदा स्थानीयमा त्रास पैदा भए पनि दोलखा प्रहरी यो विषयमा बेखबर छ ।

दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिएसपी दीपक खड्काले चोरी र तोडफोडका घटना बढेपछि जिल्लाका विभिन्न स्थानमा रातको समयमा प्रहरी गस्ति बढाइएको बताउनुभयो । स्थानीयको सहयोग पाएर पनि चोरीमा संलग्न गिरोह पत्ता लाग्न नसकेको र विशेष टोली खटाएर अनुसन्धानको काम भइरहेको डिएसपी खड्काले बताउनुभयो । तर यसबाहेक प्रहरीले अहिलेसम्म चोरीमा संलग्न भएको आरोपमा कसैलाई पनि नियन्त्रणमा लिएको छैन । यसलाई हेर्दा दोलखा प्रहरी चोरी र तोडफोडका घटनामा संलग्न भएका व्यक्तिको पहिचान गर्न असफल देखिएको छ ।