images
images

जनकल्याण साकोसको रकम हिनामिना प्रकरणः कोषाध्यक्षले बुझाए १६ लाख, अध्यक्षले दिए १४ लाखको चेक

  • २२ जेष्ठ २०८०, सोमबार १९:३२

दोलखा । दोलखाको डाँडाखर्कस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका पूर्वअध्यक्ष रकम तिर्ने सहमतिसँगै रिहा भएका छन् ।

मेलुङ गाउँपालिका ५ मा रहेको डाँडाखर्क जनकल्याण साकोसका पूर्व अध्यक्ष जगदिश्वर थापालाई प्रहरीले नियन्त्रणमा लिएको दुई दिनपछि छाडेको हो । शुक्रवारदेखि प्रहरी नियन्त्रणमा रहेका थापाले हिनामिना भएको रकम तिर्ने लिखित सहमति जनाएका छन् । सहकारी संस्थाका तत्कालीन अध्यक्ष थापा र कोषाध्यक्ष विष्णुबहादुर भण्डारीको मिलेमतोमा ३२ लाख २० हजार ८ सय २९ रुपैँयामा हिनामिना भएको आरोप लागेको थियो । त्यसमध्ये भण्डारीले सहकारीको रकम हिनामिना भएको स्विकार गर्दै १६ लाख १० हजार ४ सय १४ रुपैँया रकम तिरिसकेका छन् भने सहकारीका तत्कालीन अध्यक्ष थापाले १६ लाख १० हजार ४ सय १४ रुपैँया तिर्ने लिखित कागज गरेका छन् । त्यसमध्ये आईतबार दुई लाख रकम तिरेका थापाले बाँकी १४ लाख रकम ६ महिनापछि जम्मा गर्नेगरी चेक दिएका छन् ।

कानुन व्यवसायीको रोहवरमा उनले १४ लाख रकम ६ महिनापछि तिर्नेगरी लिखित कागज गरेको डाँडाखर्क जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चेतबहादुर विकले जानकारी दिनुभयो । यसअघि हिनामिना गरेको रकम नतिर्ने अडान राख्दै आएका थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनी रकम तिर्ने सहमतिमा आएका हुन् । थापाले आफुले सहकारीको रकम हिनामिना नगरेको दावि गर्दै वर्षेनी अडिट गर्दा त्रुटी भएको तथा कोषाध्यक्षले विवरण राख्न गल्ती गरेकाले समस्या भएको बताउनुभयो । सहकारीको ऋण लगानी गर्दा फर्जी व्यक्तिको नाम हालेर ऋण दिइएको तथा सहकारीको हिसाव प्रष्ट नहुँदा आफुलाई नखाएको विष लागेको उहाँको भनाई छ ।

दोलखाको डाँडाखर्कस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका पूर्वअध्यक्ष रकम तिर्ने सहमतिसँगै रिहा भएका छन् । सहकारी संस्थाका तत्कालीन अध्यक्ष थापा र कोषाध्यक्ष विष्णुबहादुर भण्डारीको मिलेमतोमा ३२ लाख २० हजार ८ सय २९ रुपैँयामा हिनामिना भएको आरोप लागेको थियो । त्यसमध्ये भण्डारीले सहकारीको रकम हिनामिना भएको स्विकार गर्दै १६ लाख १० हजार ४ सय १४ रुपैँया रकम तिरिसकेका छन् भने सहकारीका तत्कालीन अध्यक्ष थापाले १६ लाख १० हजार ४ सय १४ रुपैँया तिर्ने लिखित कागज गरेका छन् । त्यसमध्ये आईतबार दुई लाख रकम तिरेका थापाले बाँकी १४ लाख रकम ६ महिनापछि जम्मा गर्नेगरी चेक दिएका छन् ।

सहकारीको २०७८ साल मंसिर ९ गते बसेको साधाणसभाले साकोसमा ३२ लाख २० हजार ८ सय २९ रुपैँया हिनामिना भएको विषयलाई अनुमोदन गरेको थियो । त्यसपछि पटक–पटक ताकेता गर्दा पनि हिनामिना भएको रकम तिर्न तत्कालीन अध्यक्ष र कोषाध्यक्षले आनाकानी गरेपछि संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक र कोषाध्यक्षले जिल्ला प्रहरी कार्यालय दोलखामा जेठ २ गते उजुरी दिएका थिए । सोही उजुरीका आधारमा पक्राउ परेका सहकारीका तत्कालीन अध्यक्ष थापालाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको थियो । दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले सहकारीमा हिनामिना भएको रकम तिर्ने विषयमा दुवै पक्षबीच सहमति भएसँगै थापालाई छाडिएको जानकारी दिनुभयो । थापा नेतृत्वको कार्यसमितिले २०५५ सालदेखि २०७२ सालसम्म सहकारीको जिम्मेवारी सम्हालेको थियो ।

त्यो बीचको १८ वर्षको अवधिमा उनीहरुले सहकारीबाट ३२ लाख बढी हिनामिना गरेको आरोप लागेको थियो । सहकारीवाट ३२ लाख भन्दा बढी रकम हिनामिना भएपनि आन्तरिक रुपमा हिसाव मिलान गर्ने गरी सो बिषयलाई गुपचुप राखिँदै आएपनि रकम असुल हुन नसके पछि बर्षौपछि सहकारीको अनियमितता सार्वजनिक भएको थियो ।