![](https://www.hamroupdate.com/wp-content/uploads/2024/03/jagannath-thapaliya.jpg)
हेटौँडा । बागमती प्रदेश सरकारको आगमी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रम प्रविष्ट गर्ने बजेट प्रणाली यही जेठ २४ गतेबाट वन्द हुने भएको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बजेट सिलिङ अनुसार योजना र कार्यक्रम प्रविष्ट गर्ने प्रणाली वन्द हुने बताउनुभएको हो । प्रदेश मन्त्रीपरिषदको हिजोको बैठकमा अर्थमन्त्री थपलियाले जेठ २४ गतेसम्म बजेट सिलिङमा योजना प्रविष्ट गर्न र सो पश्चात बन्द गर्ने निर्देशनात्मक आग्रह गर्नुभएको थियो । सिस्टम बन्द गर्ने मन्त्री थपलियाको चेतावनीपुर्ण निर्देशनपछि अन्य मन्त्रीहरु सशंकित भएका छन् । बजेट सिलिङ कम पठाएर काम गर्न समस्या भईरहेको अवस्थामा सिस्टम बन्द गर्ने निर्देशन आएको भन्दै मन्त्रीहरुले विभागीय रुपमा बजेट प्रणाली बन्द गर्ने र अन्य योजनाहरु समावेश गर्न नदिने बताएका छन् । विभागीय मन्त्रालयबाट बजेट प्रणाली बन्द गरेर नयाँ योजना थप हुन नदिने भनेपछि मन्त्री थपलीया केही लचक बनेका थिए ।
सिस्टम बन्द गर्ने मन्त्री थपलियाको चेतावनीपुर्ण निर्देशनपछि अन्य मन्त्रीहरु सशंकित भएका छन् । मन्त्रीहरुले मन्त्रालयमा कम सिलिङ पठाएर मुख्यमन्त्री र अर्थमन्त्रीले ठुलो रकम राख्ने र अनुकुलताको आधारमा विनियोजन गर्ने सरकारको रणनीति रहेको आशंका गरेका छन् ।
अन्य मन्त्रीहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि १५ प्रतिशत बजेट सिलिङ घटाएर पठाएको गुनासो गरेका छन् । साथै मन्त्रीहरुले बजेट मािथको समस्या हल नभई बन्द गर्न नहुने बताएका छन् । बैठकमा श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बजेट सिलिङ अनिवार्य दायित्व र नियमित कार्यक्रमका लागि मात्र आएको प्रतिक्रिया दिनुभयो ।
संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले नागरिकको आवश्यकता बढ्दो क्रममा रहेका बेला अर्थ मन्त्रालयले बजेट सिलिङ घटाउँदा समस्या भएको तर्क गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्री रमा आले मगरले तत्कालको सिलिङमा बजेट नै नबनाउने चेतावनी दिनुभएको छ ।
मन्त्रीहरुले मन्त्रालयमा कम सिलिङ पठाएर मुख्यमन्त्री र अर्थमन्त्रीले ठुलो रकम राख्ने र अनुकुलताको आधारमा विनियोजन गर्ने सरकारको रणनीति रहेको आशंका गरेका छन् ।