images
images

अग्नि सापकोटा जोडिएको द्धन्द्धकालीन मुद्धा, असार १२ गते फैसला हुने

  • २३ जेष्ठ २०८१, बुधबार १६:५९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटा जोडिएको द्धन्द्धकालीन मुद्धामा असार १२ गते निर्णय हुने भएको छ ।

सर्वाेच्च अदालतको संवैधानिक ईजलासले आज अन्तिम सुनुवाई सम्पन्न गरि असार १२ गते निर्णय सुनाउने मिति तोकेको हो । सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा दायर भएको १२ वर्ष पुरानो द्धन्द्धकालिन मुद्धाको अन्तिम सुनुवाई सम्पन्न भएपनि फैसला असार १२ गते मात्रै हुने भएको छ । प्रधानन्यायधिश विश्वम्भर प्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पुर्ण इजलासमा लगातार दुई दिन भएको बहसपछि निर्णय सुनाउने दिन तोकिएको सर्वाेच्चले जनाएको छ ।

काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्यासम्बन्धि मुद्धामा उनकी श्रीमती पुर्णिमाया लामाले १२ बर्षअघि २०६९ मंसिरमा नेता सापकोटा, सुर्यमान दोङसहितका नेताहरुमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिईन् ।