रामेछाप । रामेछापमा बस दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।
जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ५ स्थित लुभुघाटमा बस दुर्घटना हुदाँ ११ जनाको मृत्यु भएको हो । ९ जनाको घटनास्थलमै मृत्यु भएको हो भने थप दुई जनालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । हिलेदेवीबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस लुभुघाटमा दुर्घटना भएको रामेछापका प्रहरी नायव उपरीक्षक डिएसपी राजकुमार थिङले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएकाहरुका २२ जनालाई धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।










