images
images

रामेछाप दुर्घटना अपडेटः उपचारका क्रममा थप ४ जनाको मृत्यु

  • २१ असार २०७९, मंगलवार १४:४०

रामेछाप । रामेछापमा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ५ स्थित लुभुघाटमा बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या १३ पुगेको हो । घटनास्थलमा ९ जना र उपचारका क्रममा थप ४ जनाको मृत्यु भएसँगै सो घटनामा मृत्युु हुनेको संख्या १३ पुगेको हो । धुलिखेल अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिंकले जानकारी दिनुभयो । यद्धपी हालसम्म मृतकको पहिचान भने खुल्न सकेको छैन ।

रामेछापको सुनापति गाउँपालिकास्थित लुभुघाटमा बा ३ ख ८३९६ नम्बरकोे यात्रुवाहक बस आज बिहान करिब १० बजे दुर्घटनामा परेको थियो । बस सडकबाट ३०/३५ किलोमिटर तल खसेको थियो ।