images
images

रामेछाप बस दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको सनाखत

  • २१ असार २०७९, मंगलवार १५:०८

रामेछापमा बस दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएका ९ जनाको सनाखत भएको छ ।

सुनापति गाउँपालिकाको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुने १३ जनामध्ये ९ जनाको सनाखत भएको हो । दुर्घटनामा परि सुनापति गाउँपालिका वडा नं ५ का ६० बर्षिय तुला तामाङ, २२ बर्षिय बिपना तामाङ, ३६ बर्षिय सञ्जु आले र ३६ बर्षिय खड्क बहादुर विकको पहिचान खुलेको हो । यस्तै, वडा नम्बर ४ का २६ बर्षिया सम्रिता तामाङ, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका ८ का १८ बर्षिय सुदिप गजमेर, ४० बर्षिय कुल बहादुर बिक, काभ्रेकै मन्दनदेउपुर ९ का ६० बर्षिय सुभलक्ष्मी मानन्धर र काभ्रे रोशी ४ का २७ वर्षीय कमल तामाङ रहेको रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।

जसमा सुनापति गाउँपालिका वडा नम्बर ४ बाट एक जना, वडा नम्बर ५ बाट ४ जना र काभ्रेका ४ जना रहेका छन् । यद्धपी धुलिखेल अस्पतालमा मृत्यु भएका ४ जना मध्ये भने एक जनाको मात्रै सनाखत भएको छ । सुनापति गाउँपालिका ५ का खड्क बहादुर विकको सनाखत भएको र एक जना महिला तथा दुई मृतक पुरुषको सनाखत हुन बाँकी रहेको रामेछाप प्रहरीले जनाएको छ ।

घाइेमध्ये अझै २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनापाति ५ का ४५ वर्षीय लाल सिङ तामाङ र २१ वर्षीया सुनिता आलेमगरको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये २० जनाको धुलिखेल अस्पताल र एक जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।