images
images

गठ्ठाघरमा सवारी दुर्घटना हुँदा रामेछापकी एक महिलाको मृत्यु

  • २१ असार २०७९, मंगलवार १८:०७

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटना हुँदा रामेछापकी एक महिलाको मृत्यु भएको छ ।

भक्तपुर मध्यपुर थिमी नगरपालिका ३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि बस र स्कुटी दुर्घटना हुँदा रामेछाप घर भई काठमाडौंको जडिबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीया रेजिना तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता लोकबहादुर जीसीले जानकारी दिनुभयो । मंगलबार दिउँसो १ बजे भएको सो दुर्घटनामा स्कुटी चालक रामेछापको दोरम्बा गाउँपालिका ५ घर भई जडिबुटीमा बस्ने १८ वर्षीय सिद्धार्थ मगर घाइते भएका छन् । उनको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक काभ्रेपलान्चोक तिमाल गाउँपालिका ५ नारायणस्थानका ५० वर्षीय पोते तामाङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।