images
images

नेकपा एकीकृत समाजवादी दोलखाको जिल्ला कमिटीले पायो पूर्णता

  • २१ असार २०७९, मंगलवार २१:२९

जिरी (दोलखा) । नेकपा एकीकृत समाजवादी दोलखाले जिल्ला कमिटीलाई पूर्णता दिएको छ ।

नेकपा एस दोलखाको आज बसेको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गर्दै जिल्ला कमिटीका पदाधिकारीहरु टुङग्याएको हो । एकीकृत समाजवादी दोलखाका अध्यक्षमा यसअघिनै भीमप्रसाद दाहाल चयन भइसकेका छन् भने यसअघि सचिवको जिम्मेदवारी दिएका प्रोणप्रताप केसीलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । यसैगरी, अर्काे उपाध्यक्षमा घनश्याम रिजाललाई जिम्मेवारी तोकिएको छ । यसअघि उनी जिल्ला उपसचिव थिए ।

यस्तै, सचिव र उपसचिवमा नयाँ अनुहार आएका छन् । सचिवमा अशोक दाहाल र उपसचिवमा हरिहर कार्की तथा संगिता पाख्रिनलाई मनोनित गरिएको छ ।