
जनकपुरधाम । महोत्तरीमा गोली प्रहारबाट एक पुरुष गम्भिर घाईते भएका छन् ।
रामगोपालपुर नगरपालिका–१ बसबिट्टी बजारका ४४ वर्षिय श्रवण यादव गोली लागेर गम्भिर घाईते भएका हुन् । स्थानीय कौशल मण्डलले यादवमाथि गोली प्रहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता, डिएसपी दिलिपकुमार गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो साँझ सामान्य विवादका क्रममा मण्डलले यादवमाथि दुई राउन्ड गोली प्रहार गरेका हुन् । यादवको कन्चट र दाहिने कुमको माथि गोली लागेको छ ।
गोली लागेर गम्भिर घाईते भएका यादवको जनकपुरको जानकी हेल्थकेयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना लगत्तै गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको डीएसपी गिरीले बताउनुभयो ।