images
images

सिन्धुपाल्चोकको भोटेकोशीमा हाईड्रोपावरको ढलान भत्किँदा दुई मजदुर वेपत्ता, १० घाईते

  • २२ असार २०८१, शुक्रबार १६:३७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा हाईड्रोपावरको ढलान भत्किँदा दुई मजदुर वेपत्ता भएका छन् भने १० जना घाईते भएका छन् ।

जिल्लाको भोटेकोशी गाउँपालिका –४ स्थित ईलेक्ट्रिक हाईड्रोपावरको ढलान भत्किँदा दुई जना वेपत्ता भएका हुन् । ढलान गरिरहेका १२ जना कामदारमध्य १० जनालाई घाईते अवस्थामा उद्धार गरिएको र दुई जना भने अझै वेपत्ता रहेको सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक डिएसपी निरञ्जन भट्टराईले जानकारी दिनुभयो । बर्दियाको बराबर्दिया नगरपालिकाका ३० वर्षीय रामदिन थारु र सोही स्थानका ३० वर्षकै सुमन थारु वेपत्ता भएका हुन् । ढलानले थिचेर वेपत्ता भएका दुवै जनाको खोजी कार्य जारी रहेको डिएसपी भट्टराईले जानकारी दिनुभयो । घाईतेहरुको बाह्रबिसे तथा धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीका अनुसार आज दिउँसो करिव दुई बजे मजदुरहरुले ढलान गर्दा गर्दै भत्किएको हो । ४० मेगावट क्षमताको सो जलविद्युत आयोजना गत साउनदेखि निर्माण सुरु भएको थियो ।