
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिनुहुने भएको छ ।
उहाँले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गर्नुभएको हो । कांग्रेससँगको सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । संविधानत् सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक पर्दछ ।
तर, अहिलेसम्म प्रचण्डसँग माओवादीको ३२, रास्वपाको २१, एकीकृत समाजवादीको १० र अशोक राई नेतृत्वको जसपाको ७ गरेर ७९ मत मात्र छ । प्रचण्डको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिरकेका कांग्रेससँग ८८ र एमालेको ७९ गरी १६७ मत देखिन्छ ।