जिरी(दोलखां) । दोलखाको दुई विद्यालयले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा एक जना पनि विद्यार्थीलाई उत्तिर्ण गराउन सकेका छैनन् ।
तामाकोशी गाउँपालिकाको शहरेमा रहेको जनजागृति मावि र कालिञ्चोक गाउँपालिकाको दिव्यश्वरी माविबाट एक जना पनि विद्यार्थी उत्र्तिण नभएका हुन् । जनजागृति माविबाट १२ जनाले एसईई परिक्षा दिएकोमा १२ जना नै अनुत्तिर्ण भएका छन् । यो सँगै उनीहरु सबै जना ‘नन ग्रेडेड’ (एनजी) मा परेका छन् । यसैगरी दिव्यश्वरी माविबाट ९ जना परिक्षामा सहभागी भएकोमा एक जना पनि उत्तिर्ण भएनन् । यद्धपी उनीहरुले मौका परिक्षा भने दिन पाउनेछन् । धेरै विद्यालयहरुबाट एक/एक जना विद्यार्थी उत्तिर्ण भएका छन् भने एक जना पनि विद्यार्थी उत्र्तीर्ण हुन नसकेका उक्त दुई विद्यालयका हुन् ।
दोलखाबाट ९७ विद्यालयले विद्यार्थीलाई परिक्षामा सामेल गराएकोमा दुई विद्यालय निल हुन पुगेका छन् । यसैगरी, सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल जिरी नगरपालिकास्थित जिरी मावि बनेको छ । सामुदायिक विद्यालय मध्येमा जिरी माविले सबैभन्दा बढी ६९ दशमलव ३५ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको हो । जिरी माविबाट ६२ जना विद्यार्थीले एसईई परिक्षा दिएकोमा ४३ जना उत्तिर्ण भएका छन् । यो विद्यालय सामुदायिक विद्यालय मध्येमा जिल्लाकै पुरानो विद्यालय हो ।
दोलखाबाट ९७ विद्यालयले विद्यार्थीलाई परिक्षामा सामेल गराएकोमा दुई विद्यालय निल हुन पुगेका छन् । यसैगरी, सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल जिरी नगरपालिकास्थित जिरी मावि बनेको छ । संस्थागततर्फ बैतेश्वर गाउँपालिकास्थित सनराइन एकेडेमीले सत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको छ ।
पछिल्लो पटक जिरी नगरपालिकाको शैक्षिक गुणस्तरमा सुधार हुँदै गएको छ । यो वर्षको इसईईबाट जिरीले संस्थागत विद्यालयबाट जिल्ला टपर उत्पादन गरेको छ भने सामुदायिक विद्यालयको रिजल्टमा पनि सुधार देखिएको छ । जिरी नगरपालिका वडा नम्वर ५ स्थित सरस्वती सामुदायिक विद्यालयकी छात्रा रमिला जिरेलले ३ दशमलव ९१ जिपिए प्राप्त गरेर जिल्लालाई नै टपेकी छन् ।
संस्थागततर्फ बैतेश्वर गाउँपालिकास्थित सनराइन एकेडेमीले सत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको छ । सनराइजबाट एसईईमा १२ जना विद्यार्थी सहभागी भएकोमा १२ जना नै उत्र्तिण भएको शिक्षा विकास तथा समन्वय ईकाई दोलखाले जनाएको छ । २०८० सालको एसईई परिक्षामा सहभागी भएकामध्ये सबै विद्यार्थी पास भएको जिल्लाकै एक मात्रै विद्यालय सनराइज हो ।
यस्तै, जिल्लाका ९ वटा विद्यालयबाट एक/एक जना मात्रै विद्यार्थी उत्तिर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख शंकर बाबु श्रेष्ठका अनुसार जिल्लाभरबाट एसईईमा २६ सय ३० जना विद्यार्थी सहभागी भएकोमा १७ सय ८ जना नन ग्रेडेडमा परेका छन् ।



हाम्रो अपडेट 






