images
images

आगामी निर्वाचनमा ५ लाख युवाहरुले मतदान गर्न नपाउने

  • २० श्रावण २०७९, शुक्रबार ०९:१४

काठमाडौं । यो पटकको निर्वाचनमा करिब ५ लाख युवाहरु मत हाल्नबाट वञ्चित हुने भएका छन् ।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै करिब  लाख युवा यो पटकको निर्वाचनमा मत हाल्बाट वञ्चित हुने भएका हुन् । गृह मन्त्रालयका अनुसार अघिल्लो वर्षको फागुनसम्म ६ लाख ८० हजार ५ सय ३३ युवाले नागरिकता लिन बाँकी छ । यीमध्ये करिब ५ लाख १८ वर्षमाथिका रहेका छन् । नागरिकता बनाउनै बाँकी रहेकाले उनीहरुले अब मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भोट हाल्न नपाउने भएका हुन् ।