जिरी (दोलखा) । दोलखामा आज एकै दिन १३ जना कोरोना संक्रमित थपिएका छन् ।
पालिकाहरुमा ३२ जनाको एन्टिजिन परिक्षण भएकोमा १३ जनामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी आज तामाकोशी गाउँपालिकामा ६ पुरुष र २ महिला गरी ८ जना संक्रमित थपिएका छन् । यसैगरी, बैतेश्वर गाउँपालिकामा २ महिला, जिरी नगरपालिकामा २ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २ जना संक्रमित पुरुष कोरोना मुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार तामाकोशी गाउँपालिकाका दुई संक्रमित पुरुष निको भएका हुन् । साउन महिना सुरु भएयता जिल्लामा दैनिकजसो कोरोना संक्रमित फेला परिरहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।










