काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित सिन्धुपाल्चोक एक सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक ठुलोपाखर गाउँपालिका वडा नम्बर ८ का भीमबहादुर तमाङ सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर ३ का भुपेन्द्र घर्ती मगर रहेका छन् । हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो । प्रहरीले भुपेन्द्रको साथबाट २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र ३ थान आईफोन ७ प्लस तथा भीमबहादुरको साथबाट पनि ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र १ थान आइफोन बरामद गरेको छ ।










