दोलखा । दोलखामा ६ वटा मतदानस्थल सार्न सिफारिस गरिएको छ ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सिफारिस समितीले जिल्लाका ६ वटा मतदानस्थल सार्न सिफारिस गरेको हो । समितीकोे यहि साउन १३ गते बसेको बैठकले गौरीशंकर गाउँपालिकाका ३, विगु गाउँपालिकाका २ र बैतेश्वर गाउँपालिकाको एउटा मतदानस्थल सार्न सिफारिस गरेको छ ।
बैठकले गौरीशंकर वडा नम्बर ६ को मतदान स्थललाई चंखु स्वास्थ्य चौकी जन्यतीपुरमा सार्न सिफारिस गरेको छ । वडा नम्बर ६ को वडा कार्यालयमा रहेको मतदानस्थल साँघुरो भएपछि समितीले चंखु स्वास्थ्य चौकी जन्यतीपुरमा सार्न सिफारिस गरेको हो । यस्तै गौरीशंकरकै वडा नम्बर ८ को मतदान स्थल खारे मावि खारेमा सार्न सिफारिस गरिएको छ । वडा नम्बर ८ को वडा कार्यालय रहेको मतदान स्थलमा ठाउँ अभाव भएपछि खारे मावि खारेमा सार्न समितीले सिफारिस गरेको छ । गौरीशंकर गाउँपालिकाको वडा नम्बर ९ को मतदानस्थल पनि टासीनाम आधारभुत विद्यालयमा सार्न सिफारिस गरिएको छ । यसअघि टासीनाम प्रावि भवनमा रहेको मतदानस्थल ठाउँ अभाव भएपछि टासीनाम आधारभुत विद्यालयमा सार्न लागिएको हो ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सिफारिस समितीले जिल्लाका ६ वटा मतदानस्थल सार्न सिफारिस गरेको हो । समितीकोे यहि साउन १३ गते बसेको बैठकले गौरीशंकर गाउँपालिकाका ३, विगु गाउँपालिकाका २ र बैतेश्वर गाउँपालिकाको एउटा मतदानस्थल सार्न सिफारिस गरेको छ । दोलखामा मतदान केन्द्र र मतदान स्थलको संख्या भने कायमै राखिएको छ । दोलखामा ९४ वटा मतदान स्थल रहेको छ ।
समितीले विगु गाउँपालिकाको २ वटा मतदान स्थल सार्न सिफारिस गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ को कार्यालय भवनमा कायम रहेको मतदानस्थललाई चित्रे मावि लादुकमा सार्न सिुफारिस गरिएको छ भने वडा नम्बर ६ को वडा कार्यालय भवनबाट थम्पु मावि आलम्पुमा सार्न सिफारिस गरिएको निर्वाचन कार्यालय दोलखाकी प्रमुख सकुन्तला राईले जानकारी दिनुभयो । उहाँका अनुसार समितीले बैतेश्वर गाउँपालिकाको एउटा मतदान स्थल पनि सार्न सिफारिस गरेको छ । बैतेश्वर गाउँपालिका वडा नम्बर ५ को विद्याप्रेमी नेशनल एकेडेमीमा रहेको मतदान स्थललाई वडा कार्यालय भवनमा सार्न सिफारिस गरिएको हो ।
विभिन्न राजनितिक दलको प्रस्ताव तथा समितीको अनुगमन पछि दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको संयोजकत्वमा बनेको समितीले ति मतदानस्थल सार्न सिफारिस गरेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । समितीले मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदानस्थल सार्न निर्वाचन आयोगमा सिफारिस गरेको छ । आयोगले सो सिफारिसलाई स्वीकृत गरेसँगै सोही स्थानमा मतदान स्थल कायम रहने प्रमुख राईले बताउनुभयो ।
दोलखामा मतदान केन्द्र र मतदान स्थलको संख्या भने कायमै राखिएको छ । दोलखामा ९४ वटा मतदान स्थल रहेको छ । जसअनुसार सबैभन्दा बढी भिमेश्वर नगरपालिकामा १७ वटा मतदान स्थल रहेको छ । यस्तै, गौरीशंकर र विगु गाउँपालिकामा १२/१२, जिरी नगरपालिका र कालिञ्चोक गाउँपालिकामा १०/१० वटा मतदान स्थल तथा शैलुङ गाउँपालिकामा ९ वटा मतदान स्थल रहेका छन् । तामाकोशी गाउँपालिका, बैतेश्वर, मेलुङ गाउँपालिका ८/८ वटा मतदानस्थल रहेको छ ।










