images
images

बंगलादेशको शासन सत्ता सेनाको हातमा, अन्तरिम सरकार बनाउने घोषणा

  • २१ श्रावण २०८१, सोमबार १६:१२

एजेन्सी । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएपछि सेनाले शासनसत्ता हातमा लिएको छ ।

बंगलादेशका सेना प्रमुख जनरल वकेर–उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्रीको राजिनामा लगत्तै पत्रकार सम्मेलन गर्दै सेना प्रमुख जमानले यस्तो घोषणा गरेका हुन् । सबै दलको सहभागितामा अन्तरिम सरकार गठन गर्ने सेना प्रमुखको घोषणा छ । सेना प्रमुख जमानले हिंसा अन्त्य गर्न आग्रह पनि गरेका छन् ।

हिंसात्मक प्रदर्शनपछि देश छाडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छिन् । प्रदर्शनकारीहरुले प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगामुडा गरेपछि उनी भारतको त्रिपुरा राज्यको राजधानी अगरतल पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।