काठमाडौं । काठमाडौँ महानगरपालिकामा खुकुरी प्रहार गरी एकजनालाई घाइते बनाएको आरोपमा प्रहरीले सिन्धुलीका एक सहित तीन जनालाई पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौँको आलोकनगर बस्दै आएका २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको फिकल गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ आलोकनगर बस्दै आएका १८ वर्षीय अनिष मगर, दैलेख महावु गाउँपालिका–४ घर भई हाल आलोकनगर बस्ने २६ वषीर्य कुमार पण्डित र दार्चुला बाँज घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार हात्ती डाँडा बस्दै आएका १९ वर्षीय प्रेमसिंह महरा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
खुकुरी प्रहारबाट घाइते भएका केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको छ । उनीहरुमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरील जनाएको छ ।