images
images

कांग्रेसले तोक्यो ३७ विभागका प्रमुख, अजयबाबुले पाए पार्टी अध्ययन–स्रोत केन्द्रको नेतृत्व

  • २१ श्रावण २०८१, सोमबार १७:०२

काठमाडौँ । नेपाली कांग्रेसले ३७ विभागका प्रमुख तोकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ३७ विभागका प्रमुख मनोनित गर्नुभएको हो । विधानअनुसार विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई छ । जसअनुसार दोलखाका नेता, कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

कांग्रेसले शिवाकोटीलाई पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागको प्रमुखमा मनोनित गरेको हो । पार्टी सभापति देउवाले आज पार्टीका दुवै समुहबाट प्रतिनिधित्व हुनेगरि विभाग प्रमुख तोक्नुभएको हो । कांग्रेसका ७० विभाग रहेकोमा १७ विभागका प्रमुख भने यसअघि नै तोकिसकिएको छ ।