images
images

मध्यपूर्वमा तनाव बढेपछि लेबनानमा रहेका नेपालीहरुलाई सचेत रहन सरकारको आग्रह

  • २१ श्रावण २०८१, सोमबार १८:३५

काठमाडौँ । सरकारले लेबनानमा रहेका नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ती जारी गरि लेबनानमा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी गराउँदै सतर्क रहन आग्रह गरेको हो । तत्काल थप कुनै सहयोग आवश्यक परेमा कायरोस्थित नेपाली राजदुतावास तथा नेपाल सरकार र परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ । परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्ने प्रयोजनका लागि नेपाली राजदुतावास, कायरोस्थित वेवसाईटमा रहेको लिंक मार्फत आवश्यक विवरण उपलब्ध गराउन त्यहाँ रहेका सम्पुर्ण नेपालीहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयले हालसम्म लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको छ । मध्यपूर्वमा तनाव बढ्न थालेपनि लेबनानमा रहेका नेपालीहरु हालसम्म सुरक्षित रहेको र उनीहरुको सहजताका लागि निरन्तर प्रयत्न गरिरहेको मन्त्रालयको भनाई छ ।

इरानको राजधानी तेहरानमा बुधबार हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव बढेको छ । मध्यपूर्वमा तनाव बढेको भन्दै अमेरिका, बेलायत लगाएतका ठुला मुलुकहरुले समेत आफ्ना नागरिकलाई फिर्ता बोलाईसकेका छन् ।