images
images

सहकारी बिभागले भन्योः जथाभावी सहकारी संस्थाबीच एकीकरण नगर्नु

  • २० भाद्र २०७९, सोमबार ११:४०

काठमाडौँ । सहकारी ऐन र नियमावलीले तोकेको मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र आपसमा एकीकरण गर्न सहकारी बिभागले सहकारी संघसंस्थालाई निर्देशन दिएको छ ।

सहकारी संघसंस्थाहरुको एकीकरण सम्बन्धमा आफ्नो ध्यानाकर्षण जारी गर्दै बिभागले सो निर्देशन दिएको हो । पछिल्ला दिनमा समस्यामा रहेका सहकारी संस्थाबीच एकीकरण प्रक्रिया बढ्न थालेपछि बिभागले यस्तो निर्देशन जारी गरेको हो । बिभागले पछिल्लो समय सहकारी संघसंस्थाको एकीकरण कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

निर्देशनमा बिभागले एकीकरणका लागि एकै प्रकृतिका वा बिषयका संस्था हुनुपर्ने, फरक प्रकृतिका भएतापनि एकै बिषयमा प्रतिष्पर्धा भएको हुनुपर्ने, कार्यक्षेत्र जोडिएको हुनुपर्ने, संयुक्त बैठकबाट एकीकरण सम्बन्धी निर्णय भएको हुनुपर्ने लगायतका मापदण्ड तोकेको छ । बिभागले एकीकरणपूर्ब दुई वा बढी संघसंस्थाले सबै संस्थाका सदस्यको संयुक्त बैठक बसेर एकीकरण बिषयमा छलफल भई सहमति भएको माईन्युट गर्नुपर्ने निर्देशन पनि दिएको छ ।

संयुक्त बैठकले एकीकरण बिषयमा छलफल भई सहमति भएको माईन्यूट गर्नुपर्नेर संयुक्त बैठकले एकीकरणका लागि सर्त तथा कार्यबिधि तयार पार्न बढीमा ५ सदस्यीय संयुक्त कार्यदल निर्माण गरेको हुनुपर्नेछ । संयुक्त कार्यदलले तयार पारेको एकीकृत सर्त तथा कार्यविधिलाई सबै संस्थाको साधारणसभाबाट अनुमोदन गराएको हुनुपर्ने पनि निर्देशनमा उल्लेख छ । एकीकृत कार्यको समयसीमा खुलाई प्रस्तावित कार्य योजनासहित सबै संस्थाको सञ्चालक समितिको निर्णयबाट प्रस्ताव पारित गरी एकीकरणको पूर्वस्वीकृतिका लागि विभागमा पेस गर्न पनि विभागले भनेको छ ।