images
images

सरकारको शर्त मान्न टिकटक तयार, मन्त्रालयले प्रतिबन्ध हटाउन निर्देशन दिने

  • २० भाद्र २०८१, बिहीबार १४:१४

काठमाडौं । सरकारको शर्त मान्न टिकटक तयार भएको छ ।

टिकटकमा लागेको प्रतिबन्ध हटाउने सरकारले निर्णय गरेपछि प्रतिनिधिहरु काठमाडौं आएर छलफल गरेका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका थिए । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका छन् ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० साल कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । यो सँगै करिब साढे नौ महिनापछि सरकारको शर्तसहित टिकटक खुल्न लागेको हो ।