images
images

मानव बेचबिखनविरुद्ध विद्यार्थीलाई सचेतना जगाउँदै दोलखा प्रहरी

दोलखा । दोलखा प्रहरीले स्कुले विद्यार्थीलाई मानव बेचबिखनविरुद्ध जानकारी दिने उद्देश्यले सचेतनामुलक कार्यक्रम गरेको छ ।

दोलखा प्रहरीले मानव वेचबिखन विरुद्धको आठारौँ दिवसको सन्दर्भमा स्कुले विद्यार्थीलाई लक्षित गरि सचेतनामुलक कार्यक्रम अयोजना गरेको हो । विशेषगरि स्कुले विद्यार्थीलाई मानव बेचबिखनविरुद्धको कसुर र त्यसविरुद्ध हुने सजाय तथा त्यसबाट जोगिने उपायको विषयमा सचेत गराईएको दोलखा प्रहरीले जनाएको छ ।

दोलखा प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आज सदरमुकाम चरिकोटस्थित कालिञ्चोक माध्यमिक विद्यालयमा सचेतनामुलक कार्यक्रम गरेको हो । कालिञ्चोक माविमा अध्ययनरत सय जना विद्यार्थीलाई दोलखाका प्रहरी निरिक्षक (ईन्स्पेक्टर) सत्रुधन कुमार महतोले मानव बेचबिखन तथा ओसारपसारको विषयमा जानकारी गराउनुभएको थियो ।