images
images

१० दिनदेखि बन्द रहेकोे माथिल्लो तामाकोशी आयोजनाको विद्युत उत्पादन सुरु

  • १९ कार्तिक २०७९, शनिबार ०८:०७

दोलखा । स्वदेशी लगानीको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको केही समय बन्द भएकोे विद्युत उत्पादन सुरु भएको छ ।

४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उपकरण परीक्षणका लागि बन्द भएको विद्युत उत्पादन हिजोबाट सुचारु भएको हो । परीक्षणका क्रममा कुनै त्रुटी नदेखिएपछि हिजो अपरान्ह ४ बजेबाट विद्युत उत्पादन सुरु भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख पुर्ण गोपाल रञ्जितले जानकारी दिनुभयो । कात्र्तिक ८ गतेदेखि १५ गतेसम्म एकसाताका लागि आयोजना पुर्ण रुपले बन्द गरेर प्राविधिक निरिक्षणको काम गर्ने भनिए पनि एकसातामा काम नसकिएपछि २ दिन समय थप गरिएको थियो । आयोजनाले १० दिन विद्युत उत्पादन बन्द गरेर हेडवकर््स र मुख्य सुरुङको प्राविधिक निरिक्षण गरेको हो । मुख्य सूरुङदेखि गरिएको निरीक्षणका क्रममा प्राविधिकहरुले कुनै त्रुटी फेला नपारेको आयोजनाले जनाएको छ ।

आयोजनाको सिभिल संरचना, मेकानिकल र इलेक्ट्रोनिक उपकरण सामान्य खिइने बाहेक अन्य समस्या नभेटिएको हो । विदेशी र स्वदेशी इन्जिनियरको टोलीले कात्तिक ८ गतेदेखि पुर्ण रुपमा विद्युत उत्पादन बन्द गरेर आयोजनाको उपकरणहरुको निरिक्षण गरेको हुन् । १० दिन पुर्ण रुपमा बन्द हुँदा आयोजनालाई करिव २६ करोड घाटा भएको बताइएको छ । आयोजनाले २०७८ साल साउदेखि नियमित विद्युत उत्पादन सुरु गरेको थियो भने २०७८ भदौ १० गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो ।