images
images

४४ राष्ट्रिय र ३ अन्तराष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति

  • १९ कार्तिक २०७९, शनिबार १६:४९

काठमाडौं । आसन्न निर्वाचनमा ४४ वटा राष्ट्रिय र तीन वटा अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ ।

निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ४४ वटा राष्ट्रिय र ३ वटा अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको हो । कुनै पनि पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्राईदे जानकारी दिनुभयो । उहाँले मुलुकभर स्वयंसेविका रुपमा खटिने करिब १० हजार पर्यवेक्षक संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने बताउनुभयो । यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले ७ सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले १ सय ६५ निर्वाचन क्षेत्रमा ७ सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने बताउनुभयो ।

यसैबिच, आसन्न निर्वाचनमा ४ दिन नेपाल–भारत सिमाना बन्द हुने भएको छ । सिमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राती १२ बजेदेखि ४ गते राती १२ बजेसम्म सिमानाका बन्द गर्ने निर्णय गरेको हो ।