images
images

उमाकुण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, दुई घाइते

  • १९ कार्तिक २०७९, शनिबार १७:१५

जिरी (दोलखा) । रामेछापको उमाकुण्ड गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ प्रितीमा ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३० वर्षीय प्रेमबहादुर सुनुवारको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान करिब साढे ८ बजे लिखुको बेनीमेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर संसारीडाँडामा पल्टिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । ट्याक्टर सहचालक सुनुवार आफैले चलाएका थिए । दुर्घटनामा परी ३८ वर्षीय हितबहादुर खत्री र ३६ वर्षीय निलकुमार सुनुवार घाइते भएका छन् ।

हितबहादुर भने स्थानीय प्राथामिक अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् भने निलकुमारको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको रामेछाप प्रहरीले जनाएको छ ।