images
images

दोलखामा निर्वाचनः बैतेश्वर र तामाकोशीमा विशेष सुरक्षा

  • १९ कार्तिक २०७९, शनिबार १९:४२

दोलखा । आसन्न निर्वाचनलाई लक्षित गरी दोलखाका दुई स्थानिय तहमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर जिल्ला स्थित सुरक्षा निकायले दुई स्थानिय तहमा सुरक्षा व्यवस्था कडा पारेको हो । सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर खतराको विश्लेषण र मुल्याकंनको आधारमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले बैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकामा सुरक्षा व्यवस्था कडा पारेकोे हो । विगतमा निर्वाचनको समयमा दोलखामा ज्यानै जाने र दर्जनौं घाईते हुनेगरी भएको घटनालाई दृष्टिगत गरी केन्द्रिय सुरक्षा समितिको निर्देशन अनुसार सुरक्षाकर्मी परिचालन गरिएको दोलखाका सुरक्षा निकायहरुले बताएका छन् ।

आसन्न निर्वाचनलाई लक्षित गरी दोलखाका दुई स्थानिय तहमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर जिल्ला स्थित सुरक्षा निकायले दुई स्थानिय तहमा सुरक्षा व्यवस्था कडा पारेको हो ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपुर्ण रुपमा सम्पन्न गराउन दोलखा प्रहरीले दुई स्थानिय तहमा ५० जना प्रहरी परिचालन गरेको छ भने सशस्त्र प्रहरीले पनि दुई स्थानिय तहमा स्ट्रयाकिङ फोर्सको टोली खटाएको छ । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपुर्ण रुपमा सम्पन्न गराउन दोलखा प्रहरीले दुई स्थानिय तहमा ५० जना प्रहरी परिचालन गरेको छ । प्रहरीले तामाकोशी र बैतेश्वर गाउँपालिकामा २५/२५ जनाको प्रहरी फोर्स खटाएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिंग्देलले जानकारी दिनुभयो । आगामी निर्वाचनलाई धाँधली र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सशस्त्र प्रहरीले पनि दुई स्थानिय तहमा स्ट्रयाकिङ फोर्सको टोली खटाएको छ । बैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकामा सशस्त्र प्रहरीले सशस्त्र प्रहरी निरीक्षक सन्तोष बानियाँको नेतृत्वमा ३० जनाको स्ट्रयाकिङ फोर्स खटाएको हो । निर्वाचनमा बुथ कब्जा गर्ने घटना दोहोरिन नदिन तथा मतदातालाई स्वतन्त्र तरिकाले मतदान गर्ने व्यवस्था मिलाउन सो टोली खटाइएको सुरक्षा निकायले बताएका छन् । परिचालित सुरक्षा टोलीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अहिले मतदानस्थल र केन्द्रको सुचना संकलन तथा निरिक्षणको काम गरिरहेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा केन्द्रिय सुरक्षा समितिले दोलखाका ४१ वटा मतदानस्थल अति संवेदनशिल सुचीमा राखेको छ । जिल्लाका ९४ वटा मतदान स्थलमध्ये ४१ वटा मतदानस्थल अति संवेदनशिल, ३७ वटा संवेदनशिल र १६ वटा मतदानस्थललाई सामान्य सुचीमा राखेको हो ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा बैतेश्वर गाउँपालिका लगायत विभिन्न स्थानमा बुथ सुरक्षाको विषयलाई लिएर झडप नै भएको थियो । सोही घटनालाई दृष्टिगत गर्दै जिल्लाका सुरक्षा निकायले सुरक्षा व्यवस्थामा कडाई गरेको हो ।