images
images

जुम्लामा अटो दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

  • १९ कार्तिक २०८०, आईतवार ११:१९

जुम्ला । जुम्लामा अटो दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हिमा गाउँपालिका १ स्थित बड्कीमा अटो दुर्घटना हुँदा अटोचालक सोही स्थानका ४५ वर्षीय पदम शाही र ४२ वर्षीय बली रोकायाको घटनास्थलमै मृत्यु भएको हो । नाग्मबाट हिमा गाउँपालिका १ देवारगाउँतर्फ जाँदै गरेको भे १ ह ३१९७ नम्बरको अटो बड्कीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी सोही स्थानका ४१ वर्षीय नन्द रोकाया घाइते भएका छन् । घाइते भएका उनको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।