images
images

जिरी च्याम्पियनसिपमा भरतपुर महानगरपालिकाको सानदार जित

  • १९ कार्तिक २०८०, आईतवार ११:४३

जिरी (दोलखा) । जिरी च्याम्पियनसिप २०८० को विजेता चितवनको भरतपुर महानगरपालिका बनेको छ ।

जिरी नगरपालिका र युवा सञ्जाल जिरीको आयोजनामा जिरीमा भएको सर्वाधिक राशीको जिरी च्याम्पियनसिप २०८० अन्तर्गतको भलिबल खेलमा भरतपुर महानगरपालिकाले शानदार जित निकालेको हो । मकपानपुरको थाहा नगरपालिकालाई ३–१ सेटमा पराजित गर्दै भरतपुर महानगरपालिका विजयी भएको हो । यो सँँगै थाहा नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ । यसैगरी तृतीय रामेछापको गोकुलगंगा गाउँपालिका हुँदा सान्त्वना स्थान लिखु तामाकोशी गाउँपालिकाले लिन सफल भएको छ । गोकुलगंगाले हिजो लिखु तामाकोशीलाई ३–० को सोझो सेटमा हराएको थियो । प्रतियोगितामा आयोजक जिरी नगरपालिकाको ३ सहित दोलखा जिल्लाको ९ टिम सहभागी भएकोमा सेमिफाइनलमा प्रवेश नै नगरी बाहिरिएको थियो ।

विजेताहरुलाई आजै पुरस्कार वितरण गरिएको छ । जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबल अन्तर्गत खुला भलिबल प्रतियोगिताको विजेता भरतपुर महानगरपालिकाका खेलाडीहरुले १ लाख ५१ हजार सहित
शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, द्धितीय हुने थाहा नगरपालिकाले १ लाख १ हजार, तृतीय गोकुलगंगा गाउँपालिकाले ५१ हजार र सान्त्वना लिखु तामाकोशीले २५ हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्य गंगा कार्कीले पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।
प्रदेशसभा सदस्य कुण्दनराज काफ्लेबाट उद्घाटन गरिएको च्याम्पियनसिप प्रतियोगिताको समापन संघीय सभा सदस्य गंगा कार्कीबाट गरिएको आयोजकले जनाएको छ ।