images
images

भूकम्पमा परी मृत्यु भएका परिवारलाई दुई लाखका दरले राहत दिने सरकारको निर्णय

  • १९ कार्तिक २०८०, आईतवार १२:४३

काठमाडौं । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज विहान बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । बैठकले भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने निर्णय गरेको छ । साथै सरकारले विनाशकारी भुकम्पमा परि घाइतेभएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको मृत्यु भएको थियो । भुकम्पमा परि घाइते भएका २ सय ५० भन्दा बढी नागरिकको उपचार भइरहेको छ ।