images
images

टी–२० विश्वकप छनोटको उपाधि ओमानले जित्यो, सुपर ओभरमा नेपाल पराजित

  • १९ कार्तिक २०८०, आईतवार १५:०४

काठमाडौं । टी–२० विश्वकप छनोट प्रतियोगीताको उपाधि ओमानले जितेको छ ।

कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि हात पारेको हो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकोमा नेपालले जम्मा १० रन मात्रै बनाएको थियो । सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए । तर पहिलो बलमै ब्याटर कुशल भुर्तेललाई गुमायो । त्यसपछि कुशल मल्ल आएका थिए । मल्लले २ चौका हाने पनि नेपाललाई खेल जिताउन पर्याप्त भएन ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएपछि खेल बराबरी भएको थियो ।