images
images

तामाकोशी गाउँपालिकाका बजारमा म्याद गुज्रिएका सामाग्री, स्थानीय सरकारलाई अनुगमनको छैन चासो

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाका स्थानीय लामो समयदेखि म्याद गुज्रिएका दैनिक उपभोग्य सामाग्री उपभोग गर्न बाध्य छन् ।

गाउँपालिकाले पालिकामा सञ्चालित पसलको अनुगमनमा वेवास्ता गर्दा सर्वसाधारण नागरिक तीन महिनादेखि म्याद सकिएका सामाग्री उपभोग गर्न बाध्य भएका हुन् । तामाकोशी गाउँपालिका–३ छौंडेमा खुलमखुल्ला म्याद सकिएका सामाग्री बिक्रि भइरहेको छ भने मालु, शहरे, च्यामा, हावा लगायतका स्थानबाट पनि म्याद सकिएका दैनिक उपभोग्य सामाग्री बिक्रि भइरहेको पाइएको छ । छौंडेमा बालबालिका खाने लिचि जुस, चाउचाउ लगायत दैनिक उपभोग्य सामाग्रीहरु चामल, तेल, नुन लगायतका सामाग्री म्याद सकिएको तीन महिनासम्म बिक्रि भइरहेको पाईएको छ । छौंडेमा पसल सञ्चालन गरिरहेका स्थानीयलाई म्याद सकिएका सामाग्रीको विषयमा हामीले सोध्दा केही दिनअघि मात्रै सामान झारेको बताएका छन् । यस बाहेक गाउँपालिकाको अन्य स्थानका स्थानीयले पनि गाउँमा सञ्चालित पसलहरुले म्याद सकिएका सामान बेचेर स्वास्थ्यमा खेलवाड गर्न थालेको गुनासो गरेका छन् ।

दोलखाको तामाकोशी गाउँपालिकाका स्थानीय लामो समयदेखि म्याद गुज्रिएका दैनिक उपभोग्य सामाग्री उपभोग गर्न बाध्य छन् । गाउँपालिकाले पालिकामा सञ्चालित पसलको अनुगमनमा वेवास्ता गर्दा सर्वसाधारण नागरिक तीन महिनादेखि म्याद सकिएका सामाग्री उपभोग गर्न बाध्य भएका हुन् । अन्य पालिकाले धमाधम बजार अनुगमन गरिरहे पनि तामाकोशी गाउँपालिकाले अहिलेसम्म बजार अनुगमन गरेको छैन । 

दोलखाका अन्य पालिकाले धमाधम बजार अनुगमन गरिरहे पनि तामाकोशी गाउँपालिकाले अहिलेसम्म बजार अनुगमन गरेको छैन । तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीलाई बजार अनुगनका बारेमा प्रश्न गर्दा जिम्मेवारीवाट पन्छिने खालको जवाफ दिनुभएको छ । उहाँले दशैं अघि बजार अनुगमन गर्ने भनिए पनि समय अभावले गर्न नसकिएको र तिहार अघि अनुगमन गर्ने बिषय पनि निश्चित नभएको बताउनुभयो ।

गाउँपालिकाले बजार अनुगमन नगरेर नागरिकको स्वास्थ्यमा गम्भिर लापरवाही गरिरहेको छ । पालिकाले बजार अनुगमनमा चासो नदेखाएपछि वडाअध्यक्षहरुले पनि यस्ता कुराहरुमा वेवास्ता गर्ने गरेको स्थानीयको भनाई छ । जिल्लाको वैतेश्वर गाउँपालिका, जिरी नगरपालिका र भीमेश्वर नगरपालिकाले बजार अनुगमन गरी म्याद सकिएका लाखौंको सामाग्री नष्ट गरेका छन् । यसबाट जिल्लामा खुलमखुल्ला रुपमा म्याद सकिएका दैनिक उपभोग्य सामाग्री बिक्रि भइरहेको पुष्टि भइसकेको छ । तर यसतर्फ तामाकोशी गाउँपालिकाले भने ध्यान नदिएको स्थानीयको गुनासो छ ।

आवरण तस्विरः वैतेश्वर गाउँपालिकाले अनुगमनका क्रममा बरामद म्याद सकिएका सामाग्री जलाएर नष्ट गरेको थियो ।