images
images

छठ पर्व आज देखी सुरु,तराईका जिल्लाहरुमा ४ दिन सम्म मनाइँदै

  • २० कार्तिक २०८१, मंगलवार ०६:४२

काठमाडौं । मधेसमा मनाइने चारदिने छठ पर्व आजदेखि सुरु भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि विधि पूर्व सूरु भएको हो । तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लामा धुमधामका साथ यो पर्व मनाइनछ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।

चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतालुहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । दोस्रो दिन भोली खर्ना मनाइनेछ ।

खर्नाका दिन व्रतालुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन (विनानुन हालेको) खानेकुरा खाने चलन छ ।