काठमाडौं । तिहार बिदा सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभाति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैे छ ।
सभापति लामिछाने सहित चार जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, पूर्व डिआइजी छविलाल जोशी सहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राईसँग जोडिएका लिला पछाइ लगाइतलाई अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको लामिछानेलाई आज पुनः म्याद थपका लागी कास्की जिल्ला अदालतमा उस्थित गराइने भएको हो । कास्की प्रहरीले अनुसन्धानका लागी अदालतबाट पाएको म्याद १४ गते नै सकिएपछि तिहार बिदाका कारण लामिछानेलाई आज अदालतमा पेस गर्न लागिएको छ ।
आज म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुनेछ । म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ । सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कार्तिक २ गते साँझ काठमाडौं स्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई कार्तिक ४ र ८ गते दुई पटक म्याद थप गरिसकिएको छ । लामिछानेमाथि संगठित अपराधसँगै सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्धामा पनि अनुसन्धान भइरहेको छ ।
सभापति लामिछानेसँग अनुसन्धान अधिकृतहरुले ९ दिन सम्म बयान लिएका थिए । बयानमा लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।