images
images

बागमती प्रदेशका ३ सहित ६ जिल्ला डेंगुको उच्च जोखिममा

  • २० कार्तिक २०८१, मंगलवार १४:२३

काठमाडौँ । बागमती प्रदेशका तीन सहित ६ जिल्लामा डेंगु संक्रमण तीव्र रुपमा फैलिएको छ ।

कास्की, काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर र चितवन गरि ६ जिल्ला डेंगु संक्रमणको उच्च जोखिममा रहेका हुन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुलुकभर २८ हजार भन्दा बढिमा डेंगु संक्रमण फैलिँदा गण्डकी र बागमती प्रदेश उच्च जोखिममा परेको छ ।

देशभरका कुल संक्रमितमध्य करिव आधा (४९.३ प्रतिशत) संक्रमित गण्डकी प्रदेशमा रहेका छन् । गण्डकी प्रदेशको कास्की जिल्लामा मात्रै ७ हजार भन्दा बढिमा संक्रमण पुष्टी भएको छ ।

गण्डकी प्रदेशपछि सबैभन्दा बढि संक्रमण देखिएको बागमती प्रदेशमा ९ हजार १ सय ३२ जनामा डेंगु संक्रमण पुष्टी भएको छ । जसअनुसार काठमाडौँमा ४ हजार ३१३ र ललितपुरमा १ हजार १११ डेंगु संक्रमित भेटिएका छन् भने चितवनमा १ हजार ९९ जनामा संक्रमण पुष्टी भएको छ ।