images
images

गण्डकी प्रदेशका पूर्व मन्त्री दिपक मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजायको फैसला

  • २० कार्तिक २०८१, मंगलवार १८:२४

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री दिपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

सर्वाेच्च अदालतले उच्च अदालत पाटन (तत्कालिन पुनरावेदन अदालत पाटन) को फैसलालाई सदर गरेको हो । न्यायाधीश नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाको ईजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्ष कैद सजायको फैसला गरेको हो । मनाङेलाई २०६९ सालमा तत्कालिन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वाेच्चले पनि सोही फैसला सदर गरेको हो ।

मनाङेसहितको समुहका युवाहरुले २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्धा चलेको थियो । सो मुद्धामा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वाेच्च अदालतले २०७५ साल पुस ६ गते उनलाई धरौटीमा थुनामुक्त गर्न पत्राचार गरेको थियो । त्यसयता उनी जेल बाहिरबाटै मुद्धा लड्दै आएका थिए । मुलुकी ऐनको नयाँ व्यवस्थाले १० वर्षभन्दा कम सजाय हुने मुद्धामा थुनाबाहिर रहेर मुद्धा लड्न पाउने व्यवस्था गरेको छ ।

जेलबाट छुटेर दुई पटक सांसद जितेका उनी गण्डकी प्रदेशको मन्त्री समेत बनिसकेका छन्।