काभ्रे । काभ्रेको रोशी गाउँपालिकामा सुन र नगदको लोभले आफ्नै छोराले आमाको हत्या गरेका छन् ।
रोशी गाउँपालिका–३ भञ्ज्याङकी ६९ वर्षीया माइली लामाको हत्या अभियोगमा उनकै छोरा २८ वर्षीया फुर्साङ लामा पक्राउ परेका छन् । १६ कात्तिकको दिउँसो साइलीकाजी भनिने माइली लामा आफ्नै घरको भान्साकोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा साइलीकाजीको हत्या भएको हुनसक्ने भन्दै तालिम प्राप्त कुकुरमार्फत स्निफिङ गराउँदा साइलीकाजीको हत्यामा उनकै छोरा फुर्साङको संलग्नता रहेको संकेत पाएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिनुभयो ।
फुर्साङलाई प्रहरीले आइतवार उनकै घरबाट पक्राउ गरेको हो । प्रारम्भिक सोधपुछका क्रममा फुर्साङले आमाको कानको सुनको रिङ र नगदको लोभले हत्या गरेको खुलको काभ्रे प्रहरीले जनाएको छ ।
फुर्साङ विरूद्व प्रहरीले कर्तव्य ज्यानको कसुरमा मुद्वा चलाएको छ ।