images
images

प्रतिनिधिसभातर्फको मतगणना अन्तिम चरणमा, कार्की र शिवाकोटीबीच रोचक प्रतिस्पर्धा

  • १९ मंसिर २०७९, सोमबार ०६:५३

दोलखा । दोलखामा प्रतिनिधिसभातर्फको मतगणना करिव अन्तिम चरणमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विगु गाउँपालिका वडा नम्बर १ लामावगर, वडा नम्बर २ ओराङ, शैलुङ गाउँपालिका वडा नम्बर १ दुधपोखरी, वडा नम्बर २ भुषाफेदा र मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीको मत गन्न बाँकी छ । अहिलेसम्म प्राप्त विवरण अनुसार प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गंगा कार्की (विश्व) एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रस्थानमा देखिएका छन् । कार्कीले ३३ हजार ७ सय ७ मत प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३३ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् ।

उनीहरुबीचको मतान्तर १ सय १४ मात्रै रहेको छ । प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्रका कार्की र एमालेका शिवाकोटीबिच निकै कडा प्रतिस्पर्धा भइरहेको छ । कहिले कार्की त कहिले शिवाकोटी अगाडि पछाडि देखिन थालेका छन् । थोरै मतको अग्रता देख्दा माओवादी र एमाले दुवै आफ्नो पक्षमा नतिजा आउनेमा आशावादी देखिएका छन् ।