images
images

दोलखामा प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवार कार्की ११ सय ९५ मतले अगाडि

  • १९ मंसिर २०७९, सोमबार ०८:०६

दोलखा । दोलखामा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गंगा कार्की (विश्व) ले ११ सय ९५ मतको अग्रता लिएका छन् ।

कार्कीले ३५ हजार ७ सय ९० मत प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३४ हजार ५ सय ९५ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ११ सय ९५ रहेको छ । भुषाफेदाको मतपरिणम सार्वजनिक भइसक्दा गठबन्धनका उम्मेदवार कार्कीले आफ्नो अग्रता बढाएका हुन् ।