images
images

आफ्नो दलका उम्मेदवार पराजित भएपछि एमाले दोलखाका सचिवद्धारा राजिनामा घोषणा

  • १९ मंसिर २०७९, सोमबार ०९:३०

जिरी(दोलखा) । प्रतिनिसभा सदस्यमा आफ्नो दलका उम्मेदवार विजयी नभएपछि नेकपा एमाले दोलखाका जिल्ला सचिव हिरा थोकरले राजिनामा घोषणा गरेका छन् ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका बालकृष्ण शिवाकोटीले पराजय व्यहोरेपछि थोकरले सामाजिक सञ्जाल मार्फत राजिनाको घोषणा गरेका हुन् । उनको गृह वडा मेलुङ ३ मा एमालेका उम्मेदवारलाई कम मत आएको भन्दै आलोचना भइरहेको बेला फेसबुक मार्फत राजिनामाको घोषणा गरेका छन् । थोकरले स्टाटसमा लेखेका छन् ‘प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले जिल्ला कमिटी दोलखाको सचिवबाट राजिनामा घोषणा गर्दछु ।’