images
images

दोलखामा प्रत्यक्षतर्फ माओवादीलाई पहिलो, एमालेलाई दोस्रो र रास्वपालाई तेस्रो मत

  • १९ मंसिर २०७९, सोमबार ०९:४६

दोलखा । नेकपा माओवादी केन्द्रले दोलखामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पहिलो मत पाएको छ ।

प्रतिनिसभातर्फ ८४ हजार ४ सय ४८ मतमध्ये माओवादीको पक्षमा ३६ हजार ६ सय ९९ मत प्राप्त भएको हो । योसँगै दोलखामा प्रत्यक्षतर्फ माओवादी पहिलो भएको छ । नेकपा एमालेका भन्दा माओवादीले २ सय १७ मत बढी पाएको छ । माओवादीले पाएको मत गठबन्धनमा सम्वद्ध नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादीको पनि हो । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३६ हजार ४ सय ८२ मत छ भने तेस्रो स्थानमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ७ सय ९३ मत पाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ सय ६१, नेकपा मालेले ६ सय ३२ मत पाएको छ । दोलखाबाट प्रतिनिसभातर्फ विभिन्न दलका १४ जना र ७ जना स्वतन्त्र सहित २१ जना प्रतिस्पर्धा थिए । तर निर्वाचनमा सबैभन्दा बढी मत नेकपा माओवादी केन्द्रले पाएको हो ।