images
images

धनसम्पतिको सगरमाथा भन्दा जनताको मन ठूलोः सांसद कार्की

  • १९ मंसिर २०७९, सोमबार १२:३५

दोलखा । वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेर दोलखाबाट प्रतिनधिसभा सदस्यतर्फ निर्वाचित सांसद गंगा कार्की (विश्व) ले धन सम्पति भन्दा जनताको मन ठूलो भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका नेता समेत रहेका कार्कीले यस्तो बताउनुभएको हो । धन सम्पति भन्दा जनताको मन जित्नु ठूलो कुरा भएको उहाँको भनाई छ । धन सम्पत्तिको सगरमाथा भएपनि जनताको मन जितेमा माटोको बुकुरीले पनि हिमाललाई पछार्न सकिन्छ भन्ने पुष्टि भएको नेता कार्कीले बताउनुभयो ।

निर्वाचन, मतगणना र विजय रोचक भएको उहाँले बताउनुभएको छ । दुई पटक निर्वाचन दोहो¥याएर जनताले निकै दुख पाएको भन्दै निकै कठिन परिस्थितीलाई पार गर्दै निर्वाचन जितेको नेता कार्कीको भनाई छ । आफ्नो पहिले देखिको त्याग र बालिदानलाई जनताले बुझेको उहाँले बताउनुभयो । दोलखाको निर्वाचन र विश्वकप फुटबल एउटै भएको भन्दै उहाँले आफु भने विगतमा निर्वाह गरेको भुमिकाबाट जनताले उचित मुल्याकन गर्नेमा पहिलादेखि नै ढुंक्क रहेको बताउनुभयो । साथै सांसद कार्कीले नेता, कार्यकर्ता, समर्थक, सभेच्छुक र मतदातालाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।