images
images

चरिकोटमा वाम लोकतान्त्रिक गठबन्धनको विजय जुलुस

  • १९ मंसिर २०७९, सोमबार १३:५२

दोलखा । दोलखाको प्रतिनिधिसभा र प्रदेशसभाको एक क्षेत्र विजय प्राप्त गरेपछि वाम लोकतान्त्रिक गठबन्धनले सदरमुकाम चरिकोटमा विजय जुलुस निकालेको छ ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतको वाम लोकतान्त्रिक गठबन्धनले आज सदरमुकाम चरिकोटमा विजय जुलुस निकालेको हो । प्रतिनिधिसभामा गंगा कार्की (विश्व) र प्रदेशसभा क्षेत्र नम्बर १ मा कुन्दनराज काफ्ले विजयी भएपछि गठबन्धनले विजय जुलुस निकालेको हो ।

विजय जुलुसमा बजार परिक्रमा गरिएको थियो । विजय जुलुसमा प्रतिनिधिसभामा निर्वाचित गंगा कार्की (विश्व), प्रदेशसभा १ बाट निर्वाचित कुन्दनराज काफ्ले, कांग्रेस जिल्ला सभापति एवम् प्रदेशसभा २ का उम्मेदवार बर्मा लामा लगायतका नेता तथा कार्यकर्ता र समर्थकको उत्साहपुर्ण सहभागीता थियो ।