images
images

निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठकः गठबन्धनलाई निरन्तरता दिने निर्णय

  • १९ मंसिर २०७९, सोमबार १७:५६

काठमाडौं । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको बैठकमा सहभागी नेताहरुले बताएका छन् । बैठकले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष पनि निकालेको छ । यस्तै, निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक गरेपछि सत्ताको भागबण्डाबारे छलफल सुरु गरिने लोकतान्त्रिक–वाम गठबन्धनले जनाएको छ ।

बैठकले निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि औपचारिक रुपमा सत्ताको भागबण्डाबारे छलफल गर्ने निर्णय गरेको हो ।