images
images

काभ्रेपलाञ्चोकबाट २० तोला सुन र १६२ तोला चाँदी सहित भारतीय नागरिक पक्राउ

  • १९ मंसिर २०८०, मंगलवार ०८:२१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट २० तोला सुन र १ सय ६२ तोला चाँदी सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको महाराष्ट्र प्रदेश सांङ्ली घर भई हाल बनेपा नगरपालिका–७ वकुटोलमा बस्दै आएका ३९ वर्षीय सचिन विभुतेलाई प्रहरीले २० तोला सुन, चाँदी र ६ लाख नगद सहित पक्राउ गरेको हो । उनलाई बिल नभएको सुन र चाँदी जस्तो देखिने धातु सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट २० तोला सुन जस्तो देखिने पहेँलो धातु, १६२ तोला चाँदी, स्रोत नखुलेको नेपाली ५ लाख ७६ हजार र २२ हजार भारतीय रुपैँया बरामद भएको छ ।

पक्राउ परेका भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।