images
images

नक्कली सुन देखाएर ठगी गर्ने गिरोहका ६ जना प्रहरी नियन्त्रणमा

  • १९ मंसिर २०८०, मंगलवार ०८:५९

काठमाडौं । सिन्धुपाल्चोकका पाँच सहित ६ जना डलर तथा नक्कली सुन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

विभिन्न व्यक्तिसँग नक्कली डलर तथा नक्कली सुन साँट्ने बाहानामा लाखौं रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ परेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ का राजेन्द्र भण्डारी, सोही स्थानका निर्मल भण्डारी र सुजन तमाङ, बाह्रविसे नगरपालिका–२ का कमल खड्का, सोलुखुम्वुका टाँसी लाक्पा शेर्पा र अर्का एक पुरुष रहेका छन् । उनीहरुले मंसिर ४ गते काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ घर भई काठमाडौंमा बिजेश्वरी वर्कसप सञ्चालन गर्दै आएका प्रेम कुमार लामालाई अमेरिकी डलर साँटिदिने भन्दै १२ लाख रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

यस्तै मंसिर ११ गते टोखाका लक्ष्मण रावलको नगद १० लाख र एक वर्षअघि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ घर भई गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका सुजन बराईलीलाई नक्कली सुन देखाएर २० लाख ठगी गरेका थिए । ठगी गरी फरार रहेका उनीहरुलाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।